सङघिय गणतन्त्र अस्ट्रिया बारे सानो परिचय

अस्ट्रिया हाम्रो देश् नेपाल जस्तै भुपरीबेस्टिक तथा पहाडी मुलुक हो यहाँका पहाड र हिमाल हरू नेपाल जसरी अग्ला नभए पनि । यहाको अग्लो हिमाल ३७९८ मिटर अग्लो छ साथै समुन्द्र सतह बाट होचो भाग ५०० मिटर रहेको छ । यो मुलुक मध्य यूरोपमा अबस्थित छ । यो मुलुकको उत्तरमा चेक गणतन्त्र पूर्वमा स्लोभाकिया, हङगेरी र दक्षिणमा इटली र स्लोभानिया ,र पस्चिम दक्षिणमा लिक्तेस्टाइन , स्विजर्लण्ड र पश्चिम उत्तरमा जर्मनी रहेका छन । यो मुलुकको जनसंख्या ८.४७ मिलियन रहेको छ । यो मुलुकको जन घनत्व ८३८५५ बर्ग किलोमिटर छ ।

अस्ट्रिया लाई स्थानिय भाषामा ‚उस्तेर्‍एराइख‘ भनिन्छ यसको मत्लब हुन्छ ‚पूर्बिय अधिराज्य’। र अर्को शब्द मा पहाड को मुलुक पनि भन्ने गरिन्छ । यो नाम् यहाँ गणतन्त्र आएर पनि परिवर्तन गरिएन किनकी यो नाम नै यो मुलुकको चिनारी हो भनेर यहाँका जनताले गर्ब गरेको देखिन्छ । यहाँको मुख्य भाषा जर्मन हो जुन जर्मनी उत्तर इटली र स्विजरलेण्डमा मुख्य गरि बोलिन्छ । भनिन्छ यो भाषा बोलिने मात्रिभाषी जनसंख्या यूरोप महादीपमा लगभग १० करोडको संख्यामा छ । यहाँको कामकाजी भाषा पनि जर्मन हो , तर पनि यहाँ जर्मन भाषाका अतिरिक्त बिभिन्न मुलुकका भाषा भाषी हरूको बासस्थान रहिआएको छ । यहाँको प्रमुख अर्थतन्त्र भनेको पर्यटन हो र कृषि मा आधारित किसान हरूको पनि बाहुल्य रहिआएको छ । यहाँ ९०० सताब्दी देखिका हरेक कुराहरू लाई सम्हालेर राखिएको छ ।सम्भबत विश्वयुद्ध बाट धेरै नोक्सानी बेहोर्न नपरेको मुलुक पनि अस्ट्रिया हो त्यसैले यहाँको राजधानी लगायत सम्पुर्ण मुलुकभरी परापुर्ब अवस्थाको बासस्थानको झल्को अझै पनि महसुस हुन्छ र यो मुलुकको राजधानी शहर भियना हो ।

यहाँको राजनीतिमा बिभिन्न ८ प्रमुख पार्टीको प्रतिनिधित्व रहेको संसद छ जहाँ बाट बिभिन्न पार्टी प्रतिनिधिहरू बाट मुलुक सन्चालनमा कार्यकारी अधिकार बोकेको केन्द्रिय सरकार लाई निर्देशन दिन्छ येस्का आतरिक्त सम्सदमा तल्लो सदनको पनि ब्यबस्था गरिएको छ । यो मुलुक लाई ९ बिभिन्न सङ्हिय स्वरुपमा बिभाजन गरिएको छ र सङ्हिय राज्यको प्रमुखले त्यहाका जनताको राय भावना अनुरुप निति निर्माण र केन्द्रिय सरकार बाट बनाएको निति लाई कार्यानयन गर्दछ । यस अर्थमा अर्ध स्वाइत्वता को हिसाबले कार्य सन्चालन गर्ने परिपाटी छ । यो मुलुकको सबैभन्दा राम्रो पक्ष भनेको मानब अधिकारको रक्षामा सबै ब्यक्ति र संस्था हरू प्रतिबद्द्य रहदै आएको देखिएको छ । जस्तो कुनै ब्यक्ति सडकमा बिरामी अवस्थामा देखियो भने यहाँका सम्बन्धित अधिकारी पेशा कर्मी तथा चिकिस्तकको प्रमुख जिम्मेबारी भनेको उक्त ब्यक्तिको ज्यान पहिला कसरी जोगाउने चाहे त्यो बेक्ती जो सुकै र जुनसुकै मुलुकको किन नहोस् । यो मुलुक मा प्राय इसाइ धर्म मान्ने नागरिकको बाहुल्य रहेको छ साथै पछी बसाइ सरेर आयेका बिभिन्न मुलुक का मुस्लिम समुदाय को पनि जनसंख्या बढ्दो रहदै आएको छ , एही कुरा लाई लिएर यहाँको राजनितिक पार्टीहरू र सुरक्ष्या निकाय चिन्तित भएको बहस कहीलेकाही बाहिर आउने गरेको सुन्नमा आउने गर्दछ । यो मुलुकमा मनाइने प्रमुख चाड पर्बमा क्रिस्मश, नयाबर्ष र यहाँको स्वन्त्रता दिबस मुख्य हुन । यसका अलबा अरु बीभिन्न राष्ट्रिय पर्बहरू लाई पनि यहाँको सरकार र नागरिकले प्राथमकिता दिएको पाईन्छ । यो मुलुकमा एक राष्ट्रपतीको ब्यबस्था गरिएको छ जस्को मुख्य उध्येश्य अस्ट्रियन जनताको एकताको प्रतिकको भूमिका तर उपराष्ट्रपतीको ब्यबस्था चाँही गरिएको छैन र कार्यकारी अधिकार कान्सलरमा र मन्त्रिपरिषदमा निहित हुन्छ । (कान्सलर भनेको प्रधानमन्त्री सरह मान्यता भएको पद हो )

यो मुलुकमा नेपाली भाषी हरूको प्रबेश येकिन रुपमा थाहा नभए पनि बिगत ४० बर्ष सम्मको इतिहास थाहा भएको अनुमान छ र येकीन रुपमा कति नेपाली हरू स्थाइ अस्थाइ रुपमा बसोबास गर्दछन भन्ने थाहा नभए पनि लग्भग १००० नेपाली जनसंख्या बिभिन्न पेशा ब्यवसाय र बिभिन्न क्षेत्रमा रहेको अनुमानित छ । १९९० को दसकमा यो मुलुक प्रबेश गर्न कुनै सुल्क र प्रबेसआज्ञा नभए पनि बिगत् १६ बर्ष देखि यो मुलुक प्रबेश गर्न बिस्तारै कडा गर्दै आएको छ ।हाल यहाँ बसोबास गर्ने नेपाली भाषी हाम्रो देश् नेपालको राजनैतिक उथल पुथलको कारणले आफ्नो गन्तब्य खोज्दै र यहाँका बिश्वबिध्यालय हरूमा उच्च शिक्षा हाशिल गर्ने उद्देश्य लगायत यहाँ अबस्थित संयुक्त राष्ट्रसङ्हिय प्रमुख कार्यालय मध्ये १ बिसाल कार्यालयमा पेसागत रुपमा आएर बसोबास गर्ने नेपाली भाषी नेपालीहरू पनि रहिआएका छन् ।

• सागर सुबेदी , भीयना ।