यिन्को बाउको केही लाग्ने वाला छैन

घर छैन, परिवार छैन, आफ्ना छैनन, आफन्त छैनन। न गरिखाने अवस्था छ, न केहीहोला भन्ने आस छ। बजार भाउ छोइ सक्नु छैन, काम छैन कसरी पाल्ने पेट? त्यस्तो परिस्थिती मा हत्या, बलत्कार र डकैति नभए के होला? आम नागरिकले कसरी सुरक्छित महशुस गर्लान जहाँ बिहान काममा गएको छोरो बेलुका अलिकती देर भए घरका आमाबाबु आत्तिनु पर्छ? केही गरी खान्छु भन्दापनी सुख छैन चन्दा आतंक एस्तो छ सरकारलाई दिने ट्याक्स भन्दा महत्वोपूर्णका साथ दिनैपर्ने। साचो बोल्दापनी नहुने झुटो बोलेपनी नहुने कैले सरकारी चपेटामा त कहिले आतंकबादको चपेटामा।
मात्र केही बर्ष अघी कुनैपनी मध्यरातमा दस गाउ चाहारेर आएपनी केही हुँदैनथ्यो। घर बाहिरै सुते पनि ज्यानको डर त थिएन, गाइँने दाईले बर्ष भरी एउटै कथा भन्दा वाक्क लागि ‚ए गाइँने दाई अरु कुनै कथा छैन?‘ भनेर सोद्धा ‚घटना घटेको भएको नयाँ कथा हुनु‘ भनेको अझै झल्झली आँखामा आउछ । नेपाल शान्ती क्षेत्रको देशहो भनेर स्कुलमा पढेको हो तर आजकल सर हरुलेनै झुटो बोल्नुभएको रहेछ जस्तो लाग्छ ।
बिदेसिलाई घर नेपालहो भन्दा कता पर्छ नेपाल भनेर सोध्छ, ग्लोबमा देखायो भने आँखाले ठम्याउदैन मुखले भन्नको लागि गौतम बुद्ध र सगरमाथा बाहेक अरुकेही पनि छैन, तेसैमा गर्ब गर्नु परेको छ । सगरमाथा जुन पृथ्वी को निर्माणकालमा आँफै बनेको भएपनी हामीभने हामीलेनै बनाएको जस्तो गर्छौ। गौतम २५०० बर्ष अघी जन्मे हुर्के बढे र मरे हामी उन्को नाममा नाक फुलाउन जानेका छौ तर उन्ले देखाएको बाटोमा लाग्ने कोशीस सम्मपनी कहिलै गरेनौ। गर्ब गर्न त हामीलाई कस्ले सक्छ र बोलेकै भरमा संसार जित्छौ हामी, सैयौ बर्ष अगाडि वीर गोर्खालीले गरेको मेहनतलाई हामी हाम्रो अर्को शान भन्छौ तर हामी कैलै गोर्खाली जस्तो महसुश गर्न भने सकेनौ। हामी हाम्रो कम्जोरीलाई सधैं लुकाएर राख्छौ जुन अन्तिममा गएर घातक साबित भएदिन्छ। कला संक्रिती भन्दै एकाइेसौ सताब्दीमा रुढिबादि परम्परा छोड्न गाह्रो मान्छौ अनी दुबै हातमा लड्डु खोजेर हुन्छ? यो प्रतिस्प्रधात्मक संसारमा हामी अझै जातपातको खाडलमा अल्झिरहेकाछौ अनी कसरी हुन्छ देस बिकास? हाम्रा देशका नेताहरु जातपात अनुसारको राज्यबितरण गर्न कम्मर कस्नु भएकोछ जस्ले एक्ता होइेन बैमन्स्यता बाहेक अरु केही उत्पादन गर्दैन। संसार टेक्नोलोजीको सहायताबाट कानुन, बेबस्थापना र आर्थिक उन्नतिलाई यती पार्दर्शिक बनाउदै देशलाई उच्च शिखरमा पुराउदै गएकाछन हामी अझै सगरमाथाको नामलिएर बस्छौ अनी नेताहरु दिनमा सये झुट बोलेपनी उन्कै पछी पछी होकी भन्दै लागिरह्न्छौ। नजिकैका देशहरु भारत होस् या चाइना, बङलादेश होस् या पाकिस्तान, दिन दिनै सम्ब्रिद्ध साली हुँदै गएरहेका छन भने हाम्रो देश भ्रस्टाचारले ग्रसित भएको छ। जसरी पनि सम्पत्ती कमाउनु पर्छ भन्ने मानसिक्ताले हामी जे गर्नपनी तयार हुँदै छौ। आखिर किन यस्तो भयो? किन हाम्रो समाजमा धन सम्पत्तिलाई नै ठुलो मान्यता दिइेयो र यस्का मुख्य कारण के होला? न हामी कसैले सोच्नेकोसिसनै गर्छौ।
म बिदेसिएकै बर्ष एकजना मित्रले फेसबुकमा मेल गर्नु भयो तर त्यो मेलको मैले उत्तर दिन सकिन, कारण थियो उहाको प्रश्न, सोध्नु भएको थियो ‚दाम कती छ मित्र?‘ म अलमल्ल परे नाम सोध्नु अघी दाम सोध्नुभयो, शायद यो मानसिक्ता ले ग्रसित उहामात्र होइेन होला हामी धेरै छौ यस्तै। ‚फलानोले कस्तो प्रगतीगरेछ काठमाडौंमा घर बनाएछ, हाम्रो केहीनकेहीको लफंगो भयो‘ धेरैका बाबुआमाले पनि एस्तै कुरा गरेको पनि सुनियो। यो अवस्थामा युवावर्ग निरास हुनु स्वाभाबिकै हो, परिवारको लागि भएपनी, देखाउनको लागि भएपनी, समाजको आँखा बन्दगर्नकोलागी भएपनी केहीत गर्नै पर्‍यो, धन कमाउनै पर्‍यो मान्छे मारेर हुन्छ या काटेर हुन्छ, छलेर हुन्छ या ठगेर हुन्छ अनी कसरी पाउनु देशमा भनेजस्तो इमान्दार युवा?
देश परिबर्तन हुन्छ भनेर विश्वाशगर्ने र एस्तै केहीत गर्नुपर्‍यो भन्ने खाल्का युवाको एकहुल जङलपसे, घरमा केहीनकेहीको लफंगो भएर बस्नु भन्दा देशकोलागी मर्नपरेपनी मर्छु भन्ने अठोट लिएर लागे ति इमान्दार युवाबर्ग तिन्कै लहैलहैमा। देशको लागि मर्नु भनेको भाग्यमा पाउनुपर्छ, कुरो बार्है आना सही थियो। कतीमरे, कती जिउदा सहिद हुनपुगे भने कतिले वाध्यतमा निर्दोशपनी मार्नुपनी पर्‍यो। परिवर्तन गर्छु भनेर ठुलो आश लिएकापनी एकाएक यात निराश हुनुपर्‍यो यात आँफै परिवर्तन हुनुपर्‍यो। केहीले ठुलो राश फेलापारेभने केहीले आशमात्रैमा चित्त बुझाउनु पर्‍यो देश परिवर्तन भएन तर माथिल्लो तहका राष्ट्रबादी भानाउदा भने सर्लकै परिवर्तन भएछन, जस्लाई बिस्तारबादी र सम्राज्यबादीको बिल्ला लगाएका थिए उनै सँग नाता लगाउन गएछन । यसरी परिवर्तन हुनुको प्रमुख कारण रहेछ अन्तरराष्ट्रिय युद्ध अपराध न्यायलय, भकाभक युद्ध अपराध गरेकालाई संसारभरी यसकानुनले युद्ध भएको सयौ बर्षपछीपनी कारबाहीगर्ने पक्का भएपछी एनिहरुको सातो गयो, यिनिहरुले गरेको युद्ध अपराधको कुनै सिमा थिएन, ति सोझा जनतालाई अन्धो बनाएर जादु गरेजसरी ॐ फ्वाट गरेर परिवर्तन गर्ने जस्तो गरी हजारौ मारे अनी लाखौं पीडित भए तर अहिले कसरी यो युद्ध अपराधबाट मुक्ती पाइेएला भनी अनेक काइदा चलाइेरहेकाछन। हुनत यिनीहरुले अझै पनि मनपर्दो गरिरहेकाछन, मान्छे मारिरहेकापनी छन तर घरमा बलेको आगो झत्टै कहाँ निभ्छर? अझैपनी यिन्ले अन्धो बनाएका युवाबर्गहरु माओबादनै ठीक थियो भन्न पनि छोडेका छैनन, त्यो त भन्नेनै भए लुट्न पाएकै थिए, कसैको डर थिएन तर अब अन्तरराष्ट्रिय युद्द अपराध न्यायलयको अगाडि यिन्को बाउको केही लाग्ने वाला छैन। जसरी त्यो गाइनेदाइले गाउँने देशमा लासको थुप्रो बनाए, जसरी एउटा सामान्य निर्दोस नागरिकलाई निर्मम तरिकाबाट हत्या गरियो, त्यो सबैको एकएक हिसाब तिर्नुनै पर्छ । मैना सुनुवार देखी डेकेन्द्र थापा, मुक्तीनाथ अधिकारी देखी शेषमणी लामिछने सम्मको हत्याको एकएक हिसाब सरकारी होस् या माओवादी दुबै तर्फबाट छर्लङ पार्नुपर्छ, अनिबल्ल पाउनेछ देशले मुक्ती, अनिमात्र पाउनेछ देशले शान्ती र सुशासन।
युद्धकालमा दुबै तर्फको ज्यादाती सहननसकेर बिदेसिनु परेपनी मेरोआँखाहरु ब्यक्तिगत रुपमा नेपाल र नेपाली राजनीतिप्रती सदै तेजिला भएरहे। युद्ध सकिएपछीपनी खासै केही उप्लब्धहुन सकेनन्। जनाताका समस्याहरु जस्ताको तस्तै, अनी कसरी समाजमा ति निरास युवाहरुले ठाउँ पाउलान र भनेजस्तो गतिलिन सकोस हाम्रो नैरास्यता भरिएको समाजले? जनाताको आडमा छातीमा टेकेर सत्तामा पुगेकाहरुले जनतालाई यसरी बिर्सन पुगेकी जनयुद्धभरी ज्यान जोगाउदै हिंड्नेलाई समेत अनेक बाहानामा अलग्याइे छाडे। मैले भोगेको, देखेको र जनाताको मुखबाट सुनेका कुराहरुलाई समेटेर अन्तरराष्ट्रिय जगतलाई घच्घच्याउने उद्धेस्यले अङ्रेजी भाषामा एउटा पुस्तक (Nepal Civil War Criminal Amnesty or Prosecution Civilian to Decide) लेखी छाडे। एक बर्ष अगाडि अमेरिकन कम्पनी (Amazon) बाट यो पुस्तक संसारभरी प्रकासित भएपछी भने धेरैले मलाई ईमेल नै पठाएँ । नेपालमा नेपालीलाई यो पुस्तक पढ्न गाह्रोछ, किनभने यो पुस्तक ईन्टरनेटबाट महँगोमा किन्नुपर्छ भन्ने गुनासो धेरै सुने तेसैले मैले यस्लाई ईन्टरनेट को भरपर्दो सन्जाल Google र Facebook मा केही महिनादेखी निशुल्क पढ्न पाउने गरी राखिएको छ र यस्को कारण जनतालाई सही के र गलत के छुट्याउन पाउने अधिकारको प्रत्याभुती दिलाउने हो।
म एउटा नेपाली नागरिक र जनभक्त हुँ, मेरो मान्यता मानब अधिकार भन्दा ठुलो यो संसारमा केही होइेन। देशलाई भन्दा ठुलोमाया मेरो आफ्नै परिवारलाई पनि लाग्दैन। जनताले गुमाएको त फर्कदैन तर गुमाउन वाध्यबनाउनेलाई तेसै छोड्न हुँदैन भन्ने मेरो आवाजलाई सबैले साथ् दिनेछन भन्ने धेरै आश गरेको छु। राज्य तर्फबाट होस् या माओवादी तर्फबाट अपराध गरेकालाई अन्तराष्ट्रिय कानुन अनुरुप कारबाही गर्नु अत्यन्त्य आबस्यक छ। यिनीहरुलाई छाडामात्रै छोडिरहेने हो भने नेपाल अबको सये बर्षसम्म पनि गरीबी र दरिद्रताको भुमरिमानै फसिरह्ने छ। पार्टी जुनसुकै होस्, ठाउँ जुनसौकै होस् हाम्रो एकमात्र चाहना देशले राम्रो शासक पाओस र युद्ध कालमा गरिएका अपराधलाई लुकाउने छिपाउने जो कसैलाई पनि कडा भन्दा कडा कारबाही गराउन पाए ति पापीहरुको अत्याचारबाट ज्यान गुमाउन पुगेका आत्माहरुले शान्ती पाउने थिए। एउटा किरो मारे भन्दा सजिलै मान्छे मार्न पछी नहट्ने अपराधीहरुलाई राजनीतिको ओतप्रोतले बचाउने अनेक कोशीश गरिरहेका छन, तेसैले नेपाली जनतालाई यो सचेत गराउन जरुरी छ। युवा बर्ग जो सधैं यिनै भ्रस्ट नेताहरुको गुलामी गरेर जिविका चलाऊनेले पनि अब सोच्नुपर्ने दिन आएको छ। गुलामी गरेर बनाएको सम्राज्य भन्दा मेहेनत गरेर बनाएको कुटीको ठुलो महत्वो हुन्छ यो राम्ररी बुझ्न जरुरि छ। यसरी भ्रस्ट नेताहरुलाई कारबाही गर्न सकियो भने, यस्तै युद्ध अपराध गरेरपनी उम्किरहेका अपराधीलाई जेल पठाउन सकियो भने र तिन्का पछी लागेर एक गास भातखानकै लागि झोलाबोकेर हिंड्ने युवाबर्गहरुलाई सहीबाटो देखाउन सकियो भने मात्र हाम्रो समाजमा हिजोआज जस्तो ‚फलानोले त कस्तो प्रगती गरेछ, काठमाडौं मा घर बनाएछ‘ भन्दा पनि ‚होइेन हो यस्ले भ्रस्टाचार गरेको छ यस्तालाई छोरी दिनको त के कुरा पानी समेत बार्नु पर्छ‘ भन्ने समाजको निर्माण हुन कत्ती पनि बेर लाग्दैन।
लेखक  रविचन्द्र भट्टराई