12916105_10209246136300117_1823142788537376477_o

एन आर एन अष्ट्रीया को साधारण सभा र नया कार्य समिति को निर्बाचन

गैर आवासीय नेपालीहरुको संगठन एनआरएन अष्ट्रियाले २७ मार्च २०१६ मा साधारण सभाको बैठक गरेको छ। सोही अवसरमा एनआरएनको नयाँ कार्यसमितिको निर्वाचन पनि समपन्न गरियो | नयाँ कार्य समितिको कार्यकाल जुलाई २०१७ सम्मको लागि तोकीएको छ | अष्ट्रीया को कार्यसमितिको कार्यकाल अन्तरास्ट्रिय समितिको कार्यकाल संग मिलाउन को लागि नब निर्बाचित समितिको कार्यकाल २०१७ जुलाईसम्मको लागि तोकिएको हो | २०१७ को अगुस्त मा फेरी अर्को निर्बाचन गरिने छ |

नयाँ कार्यसमिति निर्वाचनकोलागि दीपक ढुंगाना, बुद्धि तामांग र दविन गुरुङ सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो | निर्बाचन कार्यक्रममा एन आर एन युरोपका संयोजक श्री कुल आचार्य ज्यु ले पनि भाग लिएर यस कार्यक्रम को शोभा बढेको थियो |

निर्बाचन प्रक्रिया

उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति – २६ फेब्रुवरी, २०१६, दिउसो २ बजे भित्र तोकिएको थियो | उम्मेदवारी दर्ता गर्नको लागि एनआरएन अष्ट्रियाको होमपेजबाट फारम डाउनलोद गर्न सकिने बेबस्था गरिएको थियो | फारम मा तोकिएका सबै बिबरण भरेर, उम्मेदवार लगाएत एक जना प्रस्तावक र एकजना समर्थक को अनिवार्य रुपमा सहि गरिएको हुनुपर्ने थियो | एन आर एन को अहिलेको नियम अनुसार कुनै धार्मिक, राजनैतिक र जातीय संस्थाका सभापति, सचिब र कोषाध्यक्षले एन आर एन को सभापति, माहासचिब र कोषाध्यक्षको पदमा उमेदवारी दिन पाउने थिएन | उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन हुने मिति – २७ फेब्रुवरी २०१६ तोकिएको थियो | उम्मेदवारका संबन्धमा अन्तिम दावी विरोध गर्ने मिति – ०५ मार्च २०१६ दिउसो २ बजे भित्र तोकिएको थियो | दाबी बिरोध गर्दा, बिरोध गर्नुको कारण खुलाएर प्रमाण सहित निर्वाचन समितिको इमेल ठेगानामा पत्राचार गर्नु पर्ने थियो | उम्मेदवारहरुको अन्तिम नामावली ०७ मार्च २०१६ मा प्रकाशित गरिएको थियो | निर्बाचन मा सहभागी हुनको लागि एनआरएन अष्ट्रियाको होमपेजमा सबैले अनिबार्य रुप मा आफ्नो नाम दर्ता गरेको हुनु पर्ने थियो | नाम दर्ता गरे पछि एनआरएन को सदस्य दर्ता नंम्बर जानकारी गराईएको थियो | केहि समय देखि सल्ज्बुर्ग मा अधिकारिक एन आर एन छेत्रीय संस्थाको संगठन भएकाले, सल्ज्बुर्गबासि सदस्यहरूलाई सल्ज्बुर्ग बाट नै भोट दिने व्यवस्था मिलाइएको थियो |

निर्बाचन नतिजा

गैरआवासीय नेपाली सँघ अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा विजयी भएका छन् । अध्यक्ष पदका लागि अन्य उम्मेदवारद्धय ध्रुव पौडेल र मुक्त गुरुङले क्रमशः ११४ र ६० मत ल्याए । उपभापतिमा कमल थापाले १७४ मत र नेत्र बहादुर खड्काले १६० ल्याएर विजयी भए । कुमार अधिकारीले १३९ मत ल्याएर तेस्रो स्थानमा आए । महासचिवमा गोपाल बाबु श्रेष्ठले १४० मत ल्याएर विजयी भए । महासचिबका उम्मेदवार रविचन्द्र भट्टराईले ६० मत र सागर सुवेदीले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा बिनोद खड्काले झोनो मतअन्तरले विजयी हासिल गरे । उनले १४७ र अर्का उम्मेदवार निर्मल पौडेलले १३९ मत पाए । उनका प्रत्यासी महेन्द्र लिम्बुले ९८ मत प्राप्त गरे । सचिबमा यम नारायण मानन्धरले १८७ मत प्राप्त गरि विजयी भए । सदस्यहरुमा लक्ष्मी देवान, कृष्णलाल श्रेष्ठ, बिनोद चौलागाई, गोपी भट्टराई, लोक बहादुर श्रेष्ठ र अमृत पौडेल निर्विरोध भए ।

निर्वाचित पदाधिकारीहरुलाई गैरआवासीय नेपाली सँघ युरोपका संयोजक कुल आचार्यले पद तथा गोपनियताको सफथ खुवाएका थिए ।

एन आर एन अष्ट्रीया को नयाँ कार्यसमिति (२०१६ अप्रिल – २०१७ जुलाई)

सभापति धर्मराज खतिवडा
उप सभापति कमल थापा, नेत्र बहादुर खड्का
महासचिव गोपाल बाबु श्रेष्ठ
सचिव यम नारायण मानन्धर
कोषाध्यक्ष बिनोद खड्का
सदस्यहरु लक्ष्मी देवान, कृष्णलाल श्रेष्ठ, बिनोद चौलागाई, गोपी भट्टराई, लोक बहादुर श्रेष्ठ, अमृत पौडेल