image

मह जात्रा अष्ट्रियामा सम्पन

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको आयोजनामा १५ मे आईतवार महजात्रा कार्यक्रम सम्पन्न भएको थियो। एन.अर.एन. अष्ट्रियाको अध्यक्ष धर्म राज खतिवडाको सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति एन.अर.एन.ए. युरोप क्षेत्रका पूर्व उप–संयोजक रविन्द्रमान श्रेष्ठ, चेक रिपब्लिकका ICC जितेन्द्र रायमाझी,संघका संरक्षकहरु,सल्लाहाकरहरु र अष्ट्रियाका बिभिन्न संस्थाको प्रमुखहरुको उपस्थिती रहेको थियो।

                           दर्शकहरूले खचाखच भरिएको हलमा महजोडीका ब्यंग्यमय,सन्देशमुलक गीत (ईश्वर तिमीले) र (धन्यवाद छ छिमेकी) बोलको गीत बाट कार्यक्रम सुरुवात गर्नु भएको थियो। युरोप यात्रामा रहेका बरिष्ट कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले देशको सम-सामयिक बिषमा नै प्रहसन गरे। प्रहसनको बिच- बिचमा दर्शक हरुको थपडी र सिटीले कार्यक्रम हल निकै रमाइलो र गर्मियको थियो। भने महको केही मार्मिक प्रहसनले दर्शकलाई भावुक पनि बनएको थियो।मह प्रहसनमा कलाकारहरु नरेन्द्र कंसकार,मोहित आचार्यले साथ दिए भने गायिका माण्डबी त्रिपाटी र यमन श्रेष्ठले पनि चर्चित गीतहरु गाएको थियो। केही माण्डबीका गीतहरुमा दर्शक नाच्न स्टेजमै पुगेका थिए।

बरिष्ट कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले आयोजक कमिटी दर्शकहरु र कार्यक्रममा सफल बनाउन सहयोग गर्ने टिम हरुलाई धन्यवाद दिदै आफ्नो मंतब्य राख्नु भएको थियो। कार्यक्रम समप्ती पछी तस्बिर लिने क्रममा दर्शकहरुलाई समाल्न स्वयमसेबक हरुलाई हम्मे हम्मे परेको थियो। अन्तमा सम्पूर्ण अष्ट्रियावासी नेपालीहरुको सहयोग, सुझाबमा मह जात्रा कार्यक्रम सफलताको साथ सम्पन गरियो।