यसो गरे न्यूनतम क्षतिमा जीवन बचाउन सकिन्छ

विपत ब्यवस्थापन बोर्ड, अष्ट्रियन रेडक्रस तथा अष्ट्रियन सेना सम्मिलित ३ दिने विपत ब्यवस्थापन तथा उद्धार तालिममा युरोपका अष्ट्रियाका छिमेकी देशहरू पनि सम्मिलित तालिम अति नै उपयोगी महसुस भयो।

राज्यका निकायबीच समन्वय, ब्यवस्थापन गर्ने शिप, उद्धार तथा ब्यवस्थापन सामग्री, तालिम प्राप्त सक्ति र आधुनिक साधन हुने हो भने प्राकृतिक विपत्ति ,मानवद्वारा श्रृजना गारिएका विपत् तथा घटनाहरुलाई न्यूनतम क्षतिमा जीवन बचाउन सकिने रहेछ।

राष्ट्रले, विपति आउनुभन्दा र आएपछि गर्ने, मैले देखेका केहि भूमिकाहरू

बिपत ब्यबस्थापन बोर्ड:

राष्ट्रिय विपत्तिको उचित ब्यवस्थापन, उद्धार र राष्ट्रिय अन्तराष्ट्रिय उद्धारकर्मी तथा सहयोगी संस्थालाई समन्यय गरेर परिचालन तथा निर्देशन दिनको लागि।

राष्ट्रिय सेना :

विपत् ब्यवस्थापन फोर्सको मातहतमा परिचालित हुने। (यो बेलामा सेनासँग भएका सवारी साधन, हेलिकप्टर,जहाजको अधिकतम प्रयोग गर्ने)

प्रहरी:

घटनास्थल सुरक्षित बनाउने, विज्ञ प्रहरीहरू विपतको कारण खोज्न परिचालित हुने र राष्ट्रिय बिपत भएको खण्डमा मात्र राष्ट्रका बिज्ञसँग सहयोग र सुझावमा काम गर्ने। (किनकि प्रहरी भनेको उद्धार गर्ने फौज होइन)

स्वास्थकर्मी:

विपतस्थलमा तत्काल अस्थायी अस्पताल निर्माण गर्ने, उद्धार गरेर ल्याएका घाइतेको प्राथमिक उपचार र घाइतेको प्रारम्भीक जाँच गर्ने र जीवन बचाउन सहयोग गर्ने। (यसको बिधि र प्रक्रिया छुट्टै अनि बृहत हुन्छ)

मिडीया:

राष्ट्रिय विपत अथवा दुर्घटनाको समाचार तथा सूचना नागरिकलाई भ्रमपूर्ण नभई विपत ब्यवस्थापन फोर्ससँग लिएका सूचनामुलक जानकारी नागरिकलाई प्रेसित गर्ने।

बिपत ब्यबस्थापन फोर्स :

राष्ट्रिय बिपत ब्यवस्थापन भन्ने छुट्टै फोर्से हुनुपर्ने, यो फोर्स न्यूनतम हरेक जिल्लामा परिचालित हुनुपर्ने। यो फोर्समा काम गर्ने व्यक्तिले विभिन्न किसिमका उद्धारसँग सम्बन्धित साथै घाइतेको प्राथमिक उपचार बिधिमा निपूर्ण हुनुपर्ने।

राष्ट्रको सेना साथै नागरिकलाई पनि थोरै नै सहि सर्च र रेस्क्यू तालिमको ब्यवस्था गर्नुपर्ने ताकि राष्ट्रलाई आवस्यक परेको खण्डमा विपत ब्यवस्थापन फोर्सको कमाण्ड अन्तर्गत परिचालित भएर उद्धारमा सहयोग गर्ने।

मेरो ३ दिने राष्ट्रिय बिपत्ति तथा दुर्घटना विशेष तालिमको अवसरमा सिकेका केहि अनुभब।

सागर  सुबेदी