timthumb.php

एन आर एन अष्ट्रीयाले अष्ट्रीयन गृह मन्त्रालयमा ज्ञापन पत्र बुझायो

प्रतिनिधिमंडल टोली  हिजो अष्ट्रीयाको गृह मन्त्रलय गएर ज्ञापन पत्र बुझाएका छन्, उक्त ज्ञापन पत्रमा अहिलेको नेपालको विषम परिस्थितिमा अष्ट्रीया सरकारको भूमिका, गरेका सहयोगहरु, सहयोगका प्रक्रिया लगायत युरोपियन युनियन मार्फत नेपाललाई कस्तो किसिमको सहयोग र भबिश्यमा के कस्ता सहयोग गर्ने भन्ने बारेमा अष्ट्रियन गृह मन्त्रलायकी अन्तर्राष्ट्रिय संकट र विपत्ति मामिला प्रमुख कारिन चेत्तेलमान तथा अन्तर्राष्ट्रिय मामिलामा द्विपक्षीय-अनि बहुपक्षीय मामिला प्रमुख  कातारिना बाउम्स्लागरलाई ज्ञापन पत्र बुझायो।

उक्त अवसरमा अष्ट्रीयन सरकारका तर्फबाट र  युरोपियन युनियन मार्फत अष्ट्रीयन सरकारले अहिलेको महासंकटलाई गरेको सहयोग तथा अष्ट्रीयन सरकारले गरको सहयोगको बारेमा जानकारी गराइएको थियो। अष्ट्रीयामा नेपाली राजदूताबास नभएको र अष्ट्रीया, बर्लिन जर्मनीको कुटनीतिक  क्षेत्रमा पर्ने तर  नेपाली राजदूतको उपस्थिति नया राजदूत नियुक्ति भएर बर्लिन आएको अबस्थामा आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्ने बाहेक  केहि नभएको पनि कुरा भयो। तथापि अष्ट्रीयाले नेपाललाई आफ्नो ठाउँबाट  परेको अबस्थामा सहयोग गर्न सकिने तर नेपाल को अन्तराष्ट्रिय कुटनीति र ब्युरोक्रेटि अत्यन्त नराम्रो भएको पनि अष्ट्रीयन प्रतिनिधिहरुले बताएका थिए।

एन आर एन प्रतिनिधि मण्डलको नेतृत्व गरेका एन आर एन महासचिब डा  दीपक ढुंगानाले किन  नेपाली अन्तराष्ट्रिय कुटनीति र ब्युरोक्रेटि अत्यन्त नराम्रो भनेर प्रश्न गर्दा, अष्ट्रीयन सरकारले पठाएका राहत सामग्रीलाई विमानस्थलबाट फर्काउनु परेको तथा आपतकालीन सहयोगका सामग्री विमानस्थल भन्सारमा धेरै दिन सम्म अल्झाएर राखिएको भन्ने उनीहरुको गुनासो थियो|

साथै सो अवसरमा अष्ट्रियामा लामो समयदेखि बसोबास गरिरहेका तर बैधानिक बसोबासको समस्या झेलीराखेका नेपाली नागरिक  साथै अहिले संयुक्त राज्य अमरिकाले नेपालीहरुलाई प्रदान गर्न लागेको TRP (Temporary Resident Permit)  जस्तै  अष्ट्रीया सरकारले पनि घर आफन्त  परिबार गुमाएका नेपाली नागरिक हरुलाई नेपाल फर्केर आफ्ना परिवार संग भेटघाट गराउन  पुन अष्ट्रीया फर्कने वातावरण तयार गर्ने गरि पहल गरिदिन पनि अष्ट्रियन अधिकारीहरु समक्ष्य अनुरोध गका थिए |

एक फरक प्रसङ्गमा  नेपालको पुन निर्माण र आबश्यकता अनुसार भबिष्यमा सहयोगलाई निरन्तरता दिने  भन्ने पनि अष्ट्रीयन अधिकारीले प्रतिबद्धता ब्यक्त गरेका थिए| छलफलको अन्त्यमा नेपाली प्रतिनिधि मंडलका सदस्य तथा एन आर एन  कार्यबाहक अद्क्ष्य  मुक्त गुरुङले नेपाल र नेपालीलाई गरेको सहयोगको लागि धन्यबाद ब्यक्त गरेका थिए|

News published in Setopati by Sagar Subedi