image

मह जात्रा अष्ट्रियामा

अादरणिय अष्ट्रियाबासी नेपाली दाजुभाइ तथा दिदि बहिनीहरू,
गैर अावासीय राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाले नेपालका लोकप्रिय कलाकारहरू भियनामा हामीमाझ प्रत्यक्ष उपस्थित गराउने भएकाे छ। मदन कृष्ण श्रेष्ठ, हरिवंश अाचार्य, यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी आदि कलाकारहरूले हामीलाईहास्य-व्यंग्य रमाइलो सन्देशमुलक र देशप्रेम झल्काउने कार्यक्रम लिएर अाउँदै हुनुहुन्छ। यस कार्यक्रम „मह जात्रा यूरोप २०१६ “ लाेकप्रिय कलाकारहरूकाे जमघट सफल गराउन राष्ट्रिय समन्वय परिषद् अष्ट्रिया सम्पूर्ण नेपाली समाजलाई हार्दिक अपिल गर्दछौ। १५ मे अाइतवारका दिन १६:०० बजे ख्यातीप्राप्त कलाकारहरूले भरिएकाे कार्यक्रमकाे ढाेका खुल्ने छ।

राष्ट्रका गहनाका रूपमा प्रतिष्ठित नेपाली कलाकारहरू हाम्रै कर्मभुमीमा अाइपुगेका छन।उहाँहरूकाे यस बृहत समाजसेवाकाे याेजनालाई सम्बाेधन गर्नु प्रवासमा रहेका नेपाली समाजहारुको लागि सुनाैलाे माैका पनि हाे । कला र नेपाली समाजकाे सुमधुर सम्बन्धलाई सधैंभर समाज विकास र परिवर्तनकाे निम्ति जुट्ने कलाकारहरूकाे जमघट हाे याे ।
राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाले प्रतिष्ठित कलाकारहरूलाई कुनैपनि अप्ठ्याराे नपारी मन्च उतार्न बिभिन्न कार्य याेजनाहरू तयार गरिसकेकाे छ| समन्वय परिषद्का अध्यक्षकाे मातहतमा विभिन्न उपसमिति गठन भएका छन् । कार्य बिभाजन गरिएका छन् । कार्यक्रमलाई स्वच्छ र सफल बनाउन अष्ट्रियामा रहने सम्पूर्ण नेपाली संघ सस्था, व्यवसायी र सम्पूर्ण प्रवासी नेपालीहरूलाई समन्वय परिषद् अष्ट्रिया हार्दिक अनुराेध पनि गर्दछौ।

मह जात्रा समुहले कार्यक्रम हल शान्त बातावरण हुन पर्ने र स्टेज वरपर उहाँ हुरुलाई कुनै बाधा, अप्ठेरो पर्ने गतिबिधी हुन नहुने जानकारी दिनु भएको छ। सम्पूर्ण अभिभाबकहरुलाई स-सना नानी बाबुहरु लाई हाेहल्ला गर्न र भागदाैड गर्न नदिनु हुन राष्ट्रिय समन्वय परिषद् अष्ट्रिया बिनम्र अनुराेध गर्दछौ। कार्यक्रम हल शान्त बनाइ दिन अनुरोध गर्दछौ।

समन्वय परिषद् अष्ट्रियाले यस कार्यक्रमको लागि तीन प्रकारका टिकटहरू बाहिर ल्याएकाे छ। मह जात्रा २०१६ लाई सहयाेग गर्न चाहने प्रवासी नेपाली संघ सस्था, व्यक्ति तथा व्यवसायीहरूले च्यारिटि टिकट लिएर सहयाेग गर्न सक्नुहुनेछ।जसकाे मूल्य ५० युराे छ।
कलाकारहरूकाे खर्च र उहाँहरूले गर्न हुने सामाजिक कार्यहरू लाई मध्यनजर राखेर राष्टिय समन्वय परिषद् अष्ट्रियाले टिकटकाे मूल्य यस प्रकार राखेको छ।
टिकट प्रकार                       मुल्य
१. च्यरेटी टिकट                       ५०€
२. टिकट                                २०€
३.७देखि १५ बर्षका                 १०€
ताेकिएका संयाेजकहरूले टिकट बिक्री गर्ने कार्य सुरू गरी सकेका हुनाले समयमै अाफ्नाे टिकट सुरक्षित गर्नुहुन पनि राष्टिय समन्वय परिषद् अष्ट्रिया सुचित गर्दछ।

 

कार्यक्रम Don Bosco Haus St. Veitgasse 25, 1130 Vienna मा हुँदै छ। कार्यक्रममा कलाकारहरुको प्रस्तुती अवधिभर कुनैपनि प्रकारका फाेटाे र भिडियाे खिच्ने अनुमति नरहेकाे मह जात्रा टाेलिले खवर गरेकाे हुनाले, फाेटाे र भिडियाे नखिचिदिनुहुन अनुराेध गर्दछौ।

नेपाली पन बाेकेर अाएकाे यस कार्यक्रमा उठेकाे रकम कलाकारहरूले सामाजिक सेवामा समर्पित गर्ने याेजना भएकाले यस कार्यक्रम लाई भव्यताका साथ सम्पन्न गर्नु तपाइँ हामी सबैकाे कर्तव्य पनि हुन अाउँछ ।