n

जाग्न थाल्यो एन आर एन अष्ट्रिया

गत शनीबार गैरआवासीय नेपाली संघ अस्ट्रियाको तर्फबाट अन्तरक्रिया कार्यक्रम गरियो । बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि र अन्य नेपालीहरु नेपाली बिच । त्यसको मुल उद्देश्य अस्ट्रियामा आआफ्नो पेशा, पढाई र बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबिच कसरी आगामी दिनमा हातेमालो गरेर अन्तरास्ट्रिय समुदायमा अस्ट्रियाबासी नेपालीहरूको एकता र हिजोका दिनमा गरिएका कमी कमजोरीहरु हटाउने र आगामी दिनमा कसरि रचनात्मक काममा अगाडि बढ्ने भन्ने थियो ।

साकारात्मक सोचको विकास गर्न आयोजित भएकालेपनि धेरै संघ संस्थाका पदाधिकारी आएर सुझाव दिए । सकारात्मक धारणा राखे । अन्तरक्रिया कार्यक्रममा नेसास अस्ट्रिया, जनजाति समाज अस्ट्रिया, आना अस्ट्रिया लगायत बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले सहभागिता जनाए । कार्यक्रममा नेसास अस्ट्रियाका अध्यक्ष धुर्ब पौडेलले आफ्ना बिचार राखे ‘अबका आउने दिनहरूमा नेपाली नेपाली बिच् कुनै पनि हालतमा समुन्यात्मक तबरले अगाडी जानुपर्ने जानु पर्छ । त्यसो नगरे साकरात्मक काम गर्ने अर्को बिकल्प छैन ।’

जनजाति समाज अस्ट्रियाका उपाधक्ष्य मुक्त गुरुङले हिजोका दिनमा जान अन्जान बस कसैबाट कमी कमजोरी भएको भएपनि त्यसलाई सुधारेर लैजाने अष्ट्रियाबासी सबैको कर्तब्य भएकोले भोलिका दिनमा हिजोका कमी कम्जोरीहरूलाई नियाल्दै एकता बद्ध रुपमा अगाडि बढनु पर्ने धारणा बताए । नेसास अस्ट्रियाका प्रतिनिधि चर्चिल बिष्टले पनि भाबी दिनमा गर्न सकिने केही राम्रा कार्ययोजनाको बारेमा चर्चा गर्दै केहि सुझाव दिए ।

नेसास पूर्व सभापति दीपक मल्लले कुनैपनि सस्थागत कार्यमा राजनैतिक चर्चा भन्दा बाहिर गएर हातेमालोको बिकल्प नभएको सुझाव दिए । अस्ट्रियामा लामो समय देखि बसोबास गर्दै आएका प्रभु श्रेष्ठले आउने दिनमा सम्भाबित अफ्टेरो साथ साथै नेपालको बिकासको लागि आआफ्नो क्षेत्रबाट केही रकम संकलन गरेर अस्ट्रिया फण्ड तयार गर्दा कसो होला भन्ने तर्क राखे । गैरआवासीय नेपाली संघ अस्ट्रियाका अध्यक्ष प्रभाकर घलेले भने बोलेर मात्र नभइ गरेर देखाउनु पर्ने र सबैले आआफ्नो क्षेत्रमा सुझबुझ साथै केही गरौ भन्ने भाबना तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिव सापकोटा, नारायण दत्त रिजाल, बुद्धी तामाङ् लगायतले गैरआवासीय नेपाली संघ अस्ट्रियालाई छाता संगठनको रुपमा अझ ससक्त बनाएर आगामी दिनमा बिबाद रहित कार्ययोजना तय गर्न सुझाव दिए ।

कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ अस्ट्रियाका सहसचिब सागर सुबेदीले समन्यात्मक भूमिकाको लागि बिभिन्न संस्थाबाट दुई दुई जना प्रतिनिधिहरूलाई गैरआवासीय नेपाली संघ अस्ट्रियाको मासिक बैठकमा उपस्थिती गराएर राय र सुझाव संकलन गर्ने प्रस्ताव राख्दा उपस्थितहरूले समर्थन समर्थन जनाए । उक्त कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघ अस्ट्रियाका सचिब डा दीपकढुंगानाले गरेका थिए । कार्यक्रमपछि एन आर एन अष्ट्रियाले रचनात्मक कामकालागि कदम चालेको भन्दै धेरैले प्रशंसा गरेका थिए ।

सागर सुवेदी / भियना, अष्ट्रिया

Published in http://www.nepalplus.com/archives/19023